काठमाडौं, २५ जेठ । तीन अध्यक्ष रहने गरि जनता समाजवादी पार्टी दर्ता प्रकृया अघि बढेको छ ।
आइतबार नेताहरुबीच ३ अध्यक्ष र ५ पदाधिकारीमा सहमति भएपछि पार्टी दर्ताको प्रकृयालाई पूर्णता दिन लागिएको पार्टी स्रोतले जनाएको छ ।
अब जनता समाजवादी पार्टीमा महन्त ठाकुर र उपेन्द्र यादव पार्टी केन्द्रीय समिति अध्यक्ष हुने छन् भने डा. बाबुराम भट्टराई सङ्घीय परिषद् अध्यक्ष हुने छन् ।
५ पदाधिकारी मध्ये अन्य दुईमा राजेन्द्र महतो र अशोक राई वरिष्ठ नेता रहने छन् । आइतबार नै नेताहरु निर्वाचन आयोग पुगेर दर्ता प्रकृयाको पूर्णतामा जुटेका हुन् ।