adv
adv

यस वर्ष एसईई परीक्षा नलिने सरकारको निर्णय

काठमाडौँ  । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए  ।

यस वर्ष एसइई गत चैत्र ६ गतेबाट हुने निर्धारित भएपनि  कोरोना भाइरसको जोखिम बढेपछि सरकारले चैत ५ गते एसइई स्थगित गर्ने निर्णय गरेको थियो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको सुझाव कार्यदलले तयार पा रेको प्रतिवेदनको आधारमा शिक्षामन्त्री गिरीराजमणि पोखरेलले बुधबारको मन्त्रिपरिषद् बैठकमा यसवर्षका लागि एसइई विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेका थिए।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माको संयोजकत्वमा मन्त्रालयले सुझाव कार्यदल गठन गरेको थियो।

कार्यदलले आन्तरिक मूल्याङ्कन, प्रदेशगत रुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसइई परीक्षा लिने जस्ता विकल्पसहित प्रतिवेदन बुझाएको थियो। त्यस्तै कक्षा ११ र १२ को परीक्षाको विषयमा भने कुनै निर्णय नभएको मन्त्री पोखरेले जानकारी दिए ।

 यो वर्ष ४ लाख ८२ हजार विद्यार्थी एसईई परीक्षाको तयारीमा थिए ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु