झापा,२ असार । नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार नेपालमा मंगलबार मात्रै नेपालमा ३ सय ८० जना संक्रमित थपिएका छन् ।
तीमध्ये ६ हजार ९२ पुरुष र ४ सय ९९ जना महिला छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार थपिएका कोरोना संक्रमितमध्ये झापाका १, पाँचथरका १, सुनसरीका २, सिराहाका २, रौतहटका ५२, महोत्तरीका ८९, पर्साका २, गोर्खाका १०, नवलपरासीका ३, बागलुङका १, तनहुँका २, कास्कीका ३, स्याङजाका ४, अछामका १ र बैतडीका २१ जना रहेका छन्।
यस्तै डोटीका २०, कञ्चनपुरका ११, कैलालीका १५, बाँकेका १, बर्दियाका ९, सप्तरीका ३, अर्घाखाँचीका ९, रुपन्देहीका ४, दैलेखका ५, सुर्खेतका ४, धनुषाका २१, रामेछापका २१, सल्यानका १, दाङका ५७, काठमाडौँका १, मोरङका १, रोल्पाका १ र सर्लाहीका १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरोनाको संक्रमण ७३ जिल्लामा फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ११७ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। जसमध्ये १०९ पुरुष र ८ महिला छन्।
निको हुनेहरु वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ७ जना,आइसोलेशन सेन्टर बाँकेबाट १० जना, आइसोलेशन सेन्टर सहपुर्वा बाँकेबाट ७ जना र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेबाट ५ जना,नारायणी अस्पताल वीरगञ्जबाट ३ जना ,भीम अस्पताल भैरहवाबाट २६ जना,कोभिड क्लिनिक अस्पताल दैलेखबाट २५ जना, कालिकोटबाट २४ जना,दुल्लु अस्पताल दैलेखबाट ७ जना ,तार्ताङ आइसोलेसन सेन्टर दैलेखबाट १ जना र प्रादेशिक अस्पताल सुर्खेतबाट २ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ११५८ पुगेको छ। भने १९ जनाले ज्यान गुमाएका छन् ।