झापा, ७ असार । झापाको मेचीनगरका २ जना सहित आज आइतबार झापामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो २४ घन्टामा थप ६ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु मेचीनगरको २ जना पुरुष ,कनकाई नगरपालिका वडा नम्बर ७ की एक महिला र अर्जुनधारा नगरपालिका वडा नम्बर ७ का एक महिला, एक बालिका र एक जना पुरुष रहेका स्वास्थ्य कार्यालय झापाका फोकल पर्शन जीवन चौलागाईंले जानकारी दिए ।
मेचीनगरका संक्रमितहरु वडा नं ५ का ३० बर्षीय पुरुष र वडा नं ६ का ३५ बर्षीय पुरुष रहेको सामाजिक विकास समिति संयोजक नबिन बरालले जानकारी दिए ।
वडा न ५ का संक्रमित बालकल्याण माविको क्वारेन्टिनमा रहेका थिए भने अर्का संक्रमित जेठ ३२ गते भारतबाट आएर होम क्वारेन्टिनमा बस्दै आएका थिए । संक्रमति दुबै जनाको असार ३ गते स्वाब संकलन गरिएको थियो । संक्रमण पुष्टि भएकालाई मोरङको गोठगाउँ लगिएको छ ।
योसंगै मेचीनगरमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।
त्यस्तै कन्काई नगरपालिकाकि महिला कुवेतबाट फर्किएकी हुन् । भने अर्जुनधाराका संक्रमितहरु भारतको बिहारबाट फर्किएका हुन् ।
योसंगै झापामा कुल संक्रमितको संख्या १८९ पुगेको छ ।