दमक । दमक नगरपालिकाकाे आगामी आर्थिक वर्षका लागि रु १ अर्ब ३१ करोड ३० लाख ३५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
सातौ नगरसभाको उद्घाटनमा नगर उपप्रमुख गीता अधिकारीले नीति तथा कार्यक्रम सहित सो बजेट सार्वजनिक गरेकी हुन् । जसमध्ये चालुतर्फ ७७ करोड ७७ लाख ६५ हजार रुपैयाँ र पूँजीगत तर्फ ५३ करोड ५२ लाख ७० हजार रुपैयाँ रहेकाे छ ।
नगरपालिकाले कोरोनाका कारण क्षति पुगेको अर्थतन्त्रलाई उकास्न विशेष नीति लिएको जनाईएको छ । कोरोना संक्रमण फैलिन नदिन गरिएको लकडाउन अवधिको विभिन्न करमा छुट सहित राहतका कार्यक्रम समेत राखिएको छ ।
त्यसैगरी आगामी आर्थिक बर्षमा स्वरोजगार र उद्यमशिलतालाई समेत बिकास गर्ने लक्ष्य राखिएको छ । लकडाउनका कारण ठप्प रहेको शैक्षिक गतिबिधिलाई पनि चलयमान बनाउन बजेट केन्द्रीत रहेको उपप्रमुख अधिकारीले जोड दिईन् ।
उपप्रमुख अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम नगरसभासदको सुझाव र रायसहित सर्वसम्मत पारित गरिएको थियो ।
नगरसभा सदस्यहरुले उठाएको प्रश्न र सुझावको नगरका नगर प्रमुख रोमनाथ ओलीले जवाफ दिएका थिए । नगरसभाको अर्को बैठक असार १३ गते दिउँसो २ बजे बस्ने दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाले बताए । हाम्राेदमकबाट