adv

सुनको भाउ हालसम्मकै उच्च,तोलाको ९१ हजार ३ सय कायम

काठमाडौँ, १४ असार । सुनको भाउले आज नयाँ रेकर्ड कायम गर्दै तोलाकै ९१ हजार ३ सय पुगेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका आइतबारका लागि सुनको भाउ प्रतितोला ९१ हजार ३ सय कायम गरेको छ ।

यो हालसम्मकै उच्च भाउ हो । गत शुक्रबारको तुलनामा तोलामा ७ सय रुपैयाँले बढेको हो । शुक्रबार तोलाको ९० हजार ६ सयमा कारोबार भएको थियो । गत बुधबार सुनको भाउ ९१ हजार १ सयमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुनको भाउ पनि ९० हजार ८ सय ६० तोकिएको छ । शुक्रबार ९० हजार १ सय ६० तोकिएको थियो । चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर ९ सय ४५ कायम भएको महासंघले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु