adv

नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३०१३ पुग्यो भने २८ जनाको मृत्यु भयो

झापा,१४ असार । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ हजार १३ पुगेको छ  । पछिल्लो  २४ घन्टामा थप १ सय ७९ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएसंगै संक्रमणबाट निको हुनेको संख्या ३ हजार १३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसरी डिस्चार्ज हुनेहरुमा बिर्ता पुलिस एकडेमी आइसोलेसन सेन्टर रौटहटबाट ४६, कोभिड १९ अस्पताल धनुषाबाट ११, नारायणी अस्पताल पर्साबाट २८, जलेश्वर अस्पताल महोत्तरीबाट ३, साइकृष्ण अस्पताल सप्तरीबाट १६, कोरोना विशेष अस्पताल दाङबाट ३९, सिरहा अस्पतालबाट ६, महेन्द्र जनरल अस्पतालबाट सिरहाबाट १३ र कलैया अस्पताल बाराबाट १७ जना डिस्चार्ज भएका हुन् ।

त्यस्तै हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट २८ जनाको मृत्यु भइसकेको छ। देशभरी संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु