झापा,१५ असार । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या पाँच लाख नाघेको छ ।
कोरोना सम्बन्धि ताजा जानकारी दिने एप वर्ल्डओमिटर का अनुसार यो समाचार तयार पार्दा सम्म विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पाँच लाख ४ हजार ५२० पुगेको हो ।
अमेरिकामा अहिलेसम्म एक लाख २८हजार ४३७ जनाको मृत्यु भइसकेको छ भने ब्राजिलमा पनि मृत्यु हुनेको संख्या ५७ हजार ६५८ पुगेको छ । बेलायतमा पनि ४३ हजार ५५० जनाको मृत्यु भइसकेको छ । इटालीमा पनि मृत्यु हुनेको संख्या ३४ हजार ७३८ पुगेको छ । फ्रान्समा पनि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ हजार ७७८ पुगेको छ ।
अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि एक करोडदुई लाख ५० हजार ९७१ पुगेको छ । त्यस्तै अहिलेसम्म ५५ लाख ५८ हजार २५४ जना संक्रमित निको भइसकेका छन् ।