काठमाडौं ,१६ असार । कोरोना भाईरसका कारण यस वर्ष हुने भनिएको साफ च्याम्पियनसिप फुटबल अर्को वर्षसम्मका लागि स्थगित भएको छ ।
सोमबार दक्षिण एसियाली फुटबल महासघ साफको सदस्य राष्ट्रहरुसँग जुममा भएको मिटिङले यस्तो निर्णय गरेको हो ।
मिटिङमा साफलगायत विभिन्न उमेर समूहका प्रतियोगिताबारे पनि छलफल भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।