adv
Advertise Expired !

केवीआई फाउण्डेसनद्वारा ३० बिपन्न घरपरिवारलाई खाद्यान्न राहत बितरण

झापा,१७ असार। मोरङको उर्लाबारीस्थित केवीआई फाउण्डेसन नेपालले लकडाउन कारण समस्यामा परेका अति विपन्न परिवारलाई खाद्यान्न राहत बितरण गरेकाे छ ।

फाउण्डेसनले उर्लाबारी—९ स्थित आम्बारी,भोटेपूल र सेम्बुटोलका ३० घरपरिवारलाई खाद्यान्न राहत वितरण गरेको हो ।

कोरोना भाइरसका कारण जारी लकडाउनका कारण दैनिक ज्यालादारी मजदुरहरुको प्रत्येक घरपरिवारलाई २५ केजी चामल, नुन तेल, साबुन, सोयाबिन लगायत बितरण गरिएको राहत वितरण संस्थाका सचिव योबाहाङ तुम्बाहाम्फेले बताए ।

देश बाहिर रहेका भीम पन्धाक, लक्ष्मी खापुङ ईन्द्र र कसल लिम्बूको अगुवाई र नेपालमा रहेका प्रतिनिधीहरुको संयोजनमा कार्यक्रम सम्भव भएको तुम्बाहाम्फेले बताए ।

केवीआई फाउण्डेसन नेपाल गाउँटोलवाशीको दुखसुखमा सधै साथमा रहने र कार्यक्रम व्यवस्थित र सभ्य रुपमा सम्पन्न भएकोमा खुसि भएको संस्थाका भीम पन्धाक बताउछन् । त्यस्तै आगामी दिनमा संस्थामा सदस्यता बिस्तार गर्दै सामाजिक कामलाई अझ व्यापक रुपले अघि बढ्ने लक्ष्य रहेको संस्थाका अध्यक्ष ईन्द्र खापुङले बताए ।

राहत वितरण कार्यक्रममा संस्थाका सदस्य लोलिम पोमु , रुद्र सुब्बा,समाजसेवी कुरुराज आङबुहाङ,प्रकाश कन्दङ्वा,वीरबहादुर सेम्बु लगायतको उपस्थिती रहेको थियो । फाउण्डेसनले विभिन्न सामाजिक क्रियाकलापहरु गर्दै आएको छ। यस संस्थाले बिशेषत खेलकुद तथा शैक्षिक क्षेत्रमा योगदान दिदै आएको छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु