adv

अन्तर्राष्ट्रिय अनलाइन ख्याली प्रतियोगिता २०७७ आयोजना हुने

झापा,१८ असार । अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ ख्याली प्रतियोगिता २०७७ आयोजना गरिने भएको छ । लिम्बुजातीको पहिचान, भाषा कला र संस्कृतीको संरक्षण गर्ने उदेश्यका साथ अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ ख्याली प्रतियोगिता आयोजना गरिने भएको हो ।

प्रतियोगीताको छनौट सिःसेक्पा तङ्नामको अवसरमा (२०७७ श्रावण–१ गते )देखि सुरु हुनेछ र प्रतियोगिताको बिजेता आउदो चासोक तङ्नामको दिन घोषणा गरिने आयोजक समितीले जनाएको छ । प्रतियोगीतामा विजेता आगामी चासोक तङ्गनामको दिन घोषणा गरिने संयोजक टिआर सेनेहाङ्गले जानकारी दिए  ।

 प्रतियोगितामा भाग लिनका लागि ,ख्याली विशुद्ध लिम्बू भाषामा हुनु पर्ने ,याक्थुङ लोक छन्द पद्यमा आधारित हुनुपर्ने , युगल (महिला, पुरुष)को ख्यालीलार्इ विशेष प्राथमिकता दिईने , पहिला रेकर्ड नगरिएको ख्यालीमात्रै गाउन पाइने , ख्याली २ मिनेटदेखि बढीमा ५ मिनेटसम्मको हुनुपर्ने ,ख्याली गाउदा स्पष्ट स्वर र अनुहार देखिने गरि सकेसम्म HD क्वालीटिमा भिडियो पठाउनु पर्ने, याख्खा जातीको ख्यालीलाई समेत समावेश गरिने , गैर लिम्बू भाषिक ख्यालीलाई पनि समावेश गरिनेछ तर प्रतियोगी नहुने सेनेहाङ्गले बताए ।

प्रतियोगिताको निर्णायकहरूमा यासेली योड्ंहाड्ं र सेसेमी से नाल्बो रहनेछन् ।

प्रतियोगीले नाम, थर, ठेगाना, ईमेल र मोवाई नं. भिडियो संगै भिडियो  kanchanjanghaonline@gmail.com र WhatsApp-9807380577 मा पठाउनु पर्नेछ । प्रतियोगितामा निर्णायकको ७० प्रतिशत र फेसवुक पेज र युट्युव च्यानलमा  आएको लाईक, कमेन्ट, सेयर र भ्युजको ३० प्रतिशत मत मान्यहुनेछ । फेसवुक पेज र युट्युब च्यानलमा अप्लोड गरिएका भिडियोको लाईक, कमेन्ट, सेयर र भ्युजको मान्य अवधी एक महिनाको हुने, भिडियो कञ्चनजंघा अनलाइनको आधिकारिक पेज र Gaum Beshee युट्युब च्यानलमा आएका प्रतिक्रिया मात्र मान्य हुने सहसंयोजक प्रकाश पाक्साँवाले जानकारी दिए ।

प्रतियोगीतामा प्रथमलाई नगद ३० हजार, द्धितिय हुनेलाई नगद २० हजार , र तृतिय हुनेलाई नगद १० हजार सहित प्रशंशापत्र प्रदान गरिने छ । यस्तै सान्त्वना २ जनालाई जनही ५ हजार सहित प्रसंशापत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

आज अनलाईन मार्फत एक कार्यक्रम आयोजना गरी आयोजकले प्रतियोगीताका बारेमा जानकारी गराएको हो । प्रतियोगीता संचालनका लागि टिआर सेनेहाङ्गको संयोजकत्वमा १५ सदसिय अन्तराष्ट्रिय अनलाईन ख्याली प्रतियोगीता २०७७ आयोजक समिती समेत गठन गरिसकिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु