adv
Advertise Expired !

देउमाई नगरपालिकामा पहिलो पटक कोरोना संक्रमित भेटियाे

इलाम । इलामको देउमाई नगरपालिकामा पहिलो पटक कोरोना संक्रमित भेटिएकाे छ । स्वास्थ्य शाखा प्रमुख लेखनाथ तामाङका अनुसार देउमाई नगरपालिका वडा नं ९ को जीतपुर माविको क्वारेन्टाइनमा बसेका २६ बर्षिय पुरुषमा कोरोना संक्रमण भेटिएको हाे ।

संक्रमित युवा असार ११ गते कतारबाट काठमाण्डौ आइपुगेका उनी १२ गते क्वारेन्टाइनमा बसेका थिए । उनको असार १६ गते स्वाब संकलन गरेर परिक्षणको लागि पठाइएको थियाे ।

संक्रमण पुष्टि भएसँगै संक्रमित युवालाई उपचाको लागि गोठगाउँमा रहेको कोरोना अस्पताल पठाउने तयारी भइरहेको छ । उनीसँगै झापाको चारालीबाट आएका युवाहरुको पहिचान गरी क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ ।

शनिबार थप एक जनामा कारेना पुष्टि भएसँगै इलाम जिल्ला संक्रमित संख्या ११ जना पुगेकाे छ । जसमा सुर्याेदय नगरपालिकामा ८ जना, इलाम, देउमाई र माई नगरपालिकामा १–१ जना रहेकाे छ भने २ जना पूर्ण स्वास्थ्य लाभ गरि घर फर्किसकेका छन् ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु