adv
Advertise Expired !

कुलमान घिसिङलाई पितृशोक

काठमाडौं ,२२ असार । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ। घिसिङका पिता कृपासिंह घिसिङको आइतबार राति ९६ वर्षको उमेरमा निधन भएको पारिवारीक स्रोतले जानकारी दिएको हो।

स्वर्गीय घिसिङको स्वयम्भुमा अन्त्येष्टि गरिने छ। ९८ बर्षिय घिसिङ बाथरुम जाने क्रममा बेहोस भएका थिए। दीर्घरोग केही पनि नभएका उनलाई मेडिकेयर हस्पिटल लगिएको थियो। त्यही उनको राति १० बजे निधन भएको हो।

स्वर्गीय घिसिङका ६ जना छोरा र ३ जना छोरी छन्। उनको श्रीमतीको केही बर्षअघि नै निधन भइसकेको थियो। पिता कृपासिंह घिसिङको स्वयम्भुमा अन्त्येष्टि गरिने जनाइएको छ । निर्देशक घिसिङका पिताको निधनले विभिन्न नेता तथा कार्यकर्ताले दुख व्यक्त गरेका छन् । कुलमान घिसिङले देशव्यापी रुपमा लोडसेडिङ्ग अन्त्य गर्न सफल भएका थिए ।

घिसिङ नेपाल विद्युत प्राधीकरणको प्रवन्ध निर्देशक पदमा सेप्टेम्बरमा नियुक्त भए भने नियुक्त भएको दोस्रो महिना अर्थात् अक्टोबर-३० (२०७३ कात्तिक १४- लक्ष्मी पूजा) मा काठमाडौंबाट लोडसेडिङ्ग मुक्त गर्ने कार्य परीक्षणको रुपमा शुरु गरे । सो परीक्षण सफल भएको अाधरमा २०७३ चैत्र १ देखि देशव्यापी रुपमा लोडसेडिङ्ग अन्त्य गर्न उनी सफल भए ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु