adv

ब्राजिलका राष्ट्रपतिलाई कोरोना संक्रमण


काठमाण्डौ,२४ असार । ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोमा कोरोना भाइरसको संक्रमण देखिएको छ। मंगलबार टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले आफूमा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएका हुन्।

उनी ६५ वर्षिय बोलसोनारोले उच्च ज्वरोका कारण सोमबार कोरोना भाइरसको परीक्षण गराएका थिए। मंगलबार आएको रिपोर्टमा उनलाई कोरोना भाइरसको संक्रमण देखिएको उल्लेख गर्दै उनले यसमा डराउनुपर्ने कुनै कारण नरहेको बताए।

उनी मास्क र सामाजिक दूरीको पक्षमा नभएको भन्दै आलोचना हुने गरेको थियो।

ब्राजिल कोरोना भाइरसको संक्रमणका हिसाबले अमेरिकापछि संसारको सबैभन्दा बढी प्रभावित मुलुक हो। ब्राजिलमा कोरोना भाइरस संक्रमणका कारण ६५ हजारभन्दा बढीको ज्यान गुमिसकेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु