adv
Advertise Expired !

मेचीनगर नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट लागि १ अर्व २० करोड ६७ लाख

मेचीनगर ,२५ असार।झापाको मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७÷०७८ को लागि १ अर्व २० करोड ६७ लाख रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेको छ । प्रस्तुत बजेटमा सामाजिक सुरक्षा कार्यक्रमको ४० करोड रुपैयाँ समावेश नभएको नगरप्रमुख विमल आचार्यले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङका अनुसार १४ करोड ७ लाख रुपैयाँ घाटा बजेट रहेको छ ।

नगरसभाको निर्णयबाट कार्यक्रम स्वीकृत गरी खर्च हुन सक्ने बजेट ७४ करोड ७ लाख रुपैयाँ रहेको जनाइएको छ । यसैगरी आगामी आर्थिक वर्ष ०७७÷०७८ को क्षेत्रगत प्रस्तावित बजेट खर्च अनुमान प्रशासनिक खर्च १७ करोड ४७ लाख वित्तिय व्यवस्थापन खर्च १ करोड सामाजिक विकासका कार्यक्रमहरुमा १ करोड ४८ लाख, शिक्षा विकासका कार्यक्रमहरुमा १ करोड ३ लाख रुपैयाँ अनुमान गरिएको छ । यसैगरी सोहि वर्षका लागि कृषि विकासका कार्यक्रमहरुमा १ करोड ९ लाख, पशु सेवाका कार्यक्रमहरुमा ३५ लाख, वन तथा वाताबरणका कार्यक्रमहरुमा २५ लाख, विभिन्न कोषहरु शव वहान र एम्बुलेन्स खरिदका लागि २ करोड ५८ लाख, आर्थिक विकासका कार्यक्रमहरुमा १ करोड २० लाख स्वास्थ्य शाखा र कार्यक्रमहरुमा ३० लाख वित्तिय हस्तानतरण र सशर्त अनुदानका कार्यक्रमहरुमा ४६ करोड ६० लाख रुपैयाँलगायत व्ययतर्फका १२ वटा शीर्षकमा प्रस्तावित वजेट खर्च अनुमान गरिएको मेचीनगरका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताए  ।

नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७÷०७८ कोे विभिन्न कोष कार्यक्रम र बजेटसम्म प्रस्तुत गरेको नगरपालिकाका प्रमुख विमल आचार्यले बताए । उनका अनुसार प्रकोप व्यवस्थापन कोष, कोभिड १९९ को कार्यक्रम, र्मत तथा समभार कोष, मेसिनरी औैजार सञ्चालन, नगर सरसफाई इन्धन, दमकल सञ्चालन खर्च, अव्यवस्थित बसोवास व्यवस्थापन कोष, भूमि बैंक साझेदारी, एमबुलेन्स तथा शव वहान खरीद गरी अनिवार्य खर्चतर्फ विभिन्न १० वटा व्याय शिर्षकमा २ करोड ५८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले चालु आर्थिक वर्ष २०७६÷२०७७ को बजेट नीति तथा कार्यक्रमको समिक्षा गदैं यो वर्षका लागि १ अर्व ४२ करोड ७२ लाख ६० हजारकोे आयव्यायसहितको नीति तथा कार्यक्रम स्वीकृृत भएकोमा संघीय र १ नम्बर प्रदश सरकारबाट यहि वर्षमा विभिन्न समयमा विनियोजन भई आएको समपुरुक तथा विशेष अनुदान वापतको कार्यक्रम अनुसारको सशर्त अनुदानको रकम, संघीय संसदका सदस्यमार्फत स्थानीय पूर्वाधार विकास कार्यक्रमको लागि प्राप्त रकम, प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम , १ नम्बर प्रदेश सरकारमार्फत प्राप्त निर्वाचन क्षेत्र विशेष कार्यक्रमको रकम र वित्तिय हस्तानतरण अन्तर्गत प्राप्त भएको रकम समेत बजेटमा समावेश गर्नुपर्ने निर्देशन अनुसार साविक बजेट तथा पाचौ नगरसभाबाट संशोधन भई कुल १ अर्व ८० करोड ८८ लाख ७२ हजार बराबरको कार्यक्रम र बजेट विनियोजनको व्यवस्था सार्वजनिक भएको बताईन् ।

नगरप्रमुख आचार्यले समापन समारोहको अध्यक्षता गदैं बजेट कार्यान्वयनका लागि सवै सदस्यहरुमा आग्रह गरेका थिए । आगामी साउन १ गतेदेखि वा आर्थिक वर्ष ०७७÷०७८ शूर भएदेखि नै बजेट कार्यान्वयन र नगरपालिकाको छैठौ नगरसभामा प्रस्तुत नीति र कार्यक्रमलाई प्रभावकारीरुपमा कार्यान्यन गर्नु सवैको दायित्व भएको समेत प्रष्ट पारेका थिए ।

नगरसभामा आर्थिक समितिका संयोजक सुदय पनेरु, विधायन समितिकी संयोजक कुसुम चौधरी, सार्वजनिक सेवा तथा क्षमता विकास समिति संयोजक विन्दा प्रसाई, पूर्वाधार विकास समितिका संयोजक कृष्ण कनाल, विपद् व्यवस्थापन तथा वन तथा वातावरण समितिका संयोजक टिकाराम मंग्राती, सामाजिक विकास समितिका संयोजक नविन बराल, न्यायिक समितिका सदस्य छोटबहादुर राई, राजश्व परामर्श समितिका सदस्य सचिव चक्रपाणि खनालले आ–आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु