झापा,२७ असार । झापामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा भद्रपुर नगरपालिका वडा नम्बर १० का दुई जना पुरुषहरु रहेको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।
उनीहरु भारतबाट फर्किएर झापाको कलवलगुडी क्वारेन्टिनमा रहँदै आएका थिए । यो संगै झापामा कोरोना संक्रमितको सख्या ३०० पुगेको छ ।
उनीहरुलाई मोरङको गोठगाउँ आइसोलेसन केन्द्रमा पठाइएको चम्लागाईले ।