झापा,२७ असार । नेपालमा शनिबार थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ७० जनामा संक्रमण पुष्टि भएको बताएका हुन् ।
संक्रमित हुनेहरुमा झापाका २, सिराहका १, सुनसरीका ४ र उदयपुरका ४ जना,मोरङका ३, धादिङका ३, काठमाडौँका ३, नुवाकोटका १, सर्लाहीका ३ र सिन्धुपाल्चोकका ५ चितवनमा १, सिन्धुलीमा २, रौतहटका १, पर्वत १, स्याङजाका १, पाल्पाका १, कास्कीका १, बाग्लुङका ३, तनहुँका ३, स्याङ्जाका ३, म्याग्दीका २, कास्कीका २, बाँकेका २, बर्दियाका २, दाङका ५, रुकुम पश्चिमका १, सुर्खेतका ३, सल्यानका १, जुम्लाका २, अछामका १ र कञ्चनपुरका ४ जनामाकारोना भाइरस पुष्टि भएको हो।
यो संगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप ४३१ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ८ हजार ४४२ पुगेको छ ।