झापा,२७ असार । बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि भएकाे छ ।
बच्चनले आफ्नाे आधिकारिक फ़ेसबुक र ट्वीटर मार्फत आफूलाई काेराेना पाेजिटिभ भएकाे लेखेका छन् ।
उनी उपचारका लागि मुम्बईकाे नानावाती अस्पताल भर्ना भएकाे भारतीय संचारमाध्यमले लेखेका छन् ।
उनले लेखेका छन् ‘आज (शनिबार) साँझ मलाई कोरोना पोजेटिभ भएको छ । अस्पताल भर्ना भएको छु । अस्पतालले सम्बन्धित निकायलाई खबर गरिसकेको छ, परिवारका सदस्य र स्टाफको पनि परीक्षण गरिएको छ । नतिजा आउन बाँकी छ ।’
उनले पछिल्लो १० दिनमा आफू र आफ्नो परिवारको सम्पर्कमा आएकालाई पनि परिक्षण गराउन आग्रह गरेका छन् ।