adv
adv

कोशी र कन्काइ नदीमा पानीको सतह खतराको तहमा,देशैभरि भारी वर्षा


काठमाण्डौ,२८ असार । यतिबेला देशैभरि सामान्यदेखि मध्यम वर्षा भैरहेको छ । प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थोरै ठाउँमा र गण्डकी प्रदेशको एक/दुई ठाउँमा भारी वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लगातार पानी परेपछि ईलाम, झापा, मोरङ, गोरखा, धादिङ, कास्की, स्याङजा, बागलुङ सिन्धुपाल्चोक र आसपासका साना खोलामा पानीको बहाव उच्च रहेको छ ।


कोशी र कन्काइमा पानीको सतह खतराको तहमा पुगेको छ भने कर्णालीमा पनि खतराको तह पार गर्ने अवस्था रहेकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आज दिउँसो र राति पनि प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका थोरै ठाउँ र गण्डकी, प्रदेश ५ का एक दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु