adv

प्रदेश १ सरकारद्वारा सागका पदक विजेता ८८ खेलाडीलाई सम्मान

मोरङ । प्रदेश १ सरकारले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता ८८ जना खेलाडीलाई सम्मान गरेको छ ।

एकलतर्फ स्वर्ण पदक विजेता ६ जना, रजत पदक विजेता ४ जना र कास्य पदक विजेता १० जना खेलाडीलाई सम्मान गरिएको हो । यस्तै टीमतर्फ स्वर्ण पदक विजेता १५ जना, रजत पदक विजेता २२ जना र कास्य पदक विजेता ४१ जना गरी ८८ खेलाडीलाई मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले सम्मान गर्नुभयोे ।

मुख्यमन्त्री राईले खेलाडीहरूलाई सम्मान गर्दै प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले प्रदेश सरकारले खेलकुदलाई छायामा नपारिने पनि बताउनुभयो । सामाजिक विकास मन्त्री घिमिरेले खेलका माध्यमबाट जीविकासँगै पहिचान र प्रतिष्ठा कमाउन सकिने बताउनुभयो ।

कोरोना भाइरसको सङ्क्रमणका कारण निर्धारित समयमा सम्मान गर्न नपाएको बताउनुभयो । ढिलै भए पनि प्रदेश सरकारले सम्मान गरेको र आगामी दिनमा पनि खेलाडी सम्मानलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।

सागमा एकल र टीमतर्फ स्वर्ण पदक विजेतालाई १ लाख देखि ७५ हजार ५ सयसम्म, एकल र टीमतर्फ रजत विजेतालाई १ लाखदेखि ६० हजारसम्म र एकल र टीमतर्फ कास्य पदक विजेतालाई ५० देखि ४१ हजार रुपैयाँसम्म प्रदान गरिएको सामाजिक विकास मन्त्रालय खेलकुद महाशाखा प्रमुख कोमलबहादुर खड्काले बताउनुभयो ।

उहाँले बताउनुभयो  खेलाडीको बैंक खातामा प्रदेश सरकारले ८० लाख रुपैयाँ जम्मा गरेको छ । जसमा १० जना खेलाडीले दोहोरिएर पदक प्राप्त गरेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु