adv

नेपालमा २४ घन्टामा ५७ जनामा कोरोना संक्रमण पुष्टि,१०३ जना निको भए

 झापा, ३ श्रावण  । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका  क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले दिएको जानकारी अनुसार ५७ जना थपिए संगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या १७ हजार ५ सय २ पुगेको छ।

संक्रमित हुनेमा मोरङका ९, इलाम,झापा,नुवाकोट,बाग्लुङ,पर्वत,सल्यान,बारा र कञ्‍चनपुरका १/१, तेह्रथुम,सर्लाही,गुल्मी,पाल्पा,डडेलधुरा र बझाङ २/२, दैलेखका ५, रुकुम पश्चिमका ३, डोटीका ७ र कैलालीका १३ जना रहेका छन् ।

त्यस्तै  पछिल्लो २४ घण्टामा १०३ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या ११ हजार ६ सय ३७ पुगेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु