काठमाडौं,४ श्रावण । कोरोना भाइरस संक्रमणको महामारीका कारण विदेशमा यो साता थप १६ जना नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यससँगै विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीहरुको संख्या दुई सय पुगेको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार यो साता कतारमा ८ जना, कुवेतमा ३ जना, युएईमा ५ जनाको मृत्यु भएको छ ।
विदेशमा ३० हजार ५ सय ७१ जनामध्ये २८ हजार ६ सय ८१ जना नेपाली संक्रमण मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।