काठमाडौं,५ श्रावण । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल-आईसिसीले यो वर्ष हुने भनेको टीट्वेन्टी विश्वकप सारेको छ।
आईसिसीका अनुसार प्रतियोगिता अर्को वर्षको अक्टोबर- नोभेम्बरमा हुने छ। कोरोना भाइरसको महामारी र अन्योलताका कारण विश्वकप सार्नु परेको आईसिसीले जनाएको छ।
टीट्वेन्टी विश्वकप यो वर्ष अक्टोबर-नोभेम्बरमा हुने भनिएको थियो। सन् २०२१ मा हुने भनिएको टीट्वेन्टी विश्वकप सन् २०२२ को अक्टोबर-नोभेम्बरका लागि सारिएको छ। यी दुवै संस्करण कुन-कुन देशले आयोजना गर्छन् भन्नेबारे केही निर्णय भएको छैन।
सन् २०२१ को संस्करण भारतले आयोजना गर्ने तय भएको थियो भने यो वर्षको अस्ट्रेलियामा हुने तालिका थियो।
आईसिसीले सन् २०२३ को फेब्रुअरी- मार्चका लागि तय भएको एकदिवशीय विश्वकप सोही वर्षको अक्टोबर-नोभेम्बरका लागि सारेको छ।