adv

कमेडी च्याम्पियन सिजन–२ को प्रोमो सार्वजनिक

काठमाडौं ,७ साउन । कमेडी च्याम्पियन सिजन–२ को प्रोमो सार्वजनिक भएको छ । रुखको फेदमा छायांकन गरिएको प्रोमोमा सामाजिक विषय डार्क कमेडीका रुपमा उठान गरिएको छ ।

रमा थपलिया र सरिता गिरी रहेको प्रोमोमा अडिसनबारे विस्तृत जानकारी भने दिइएको छैन ।

यद्यपि निर्देशक विशाल भण्डारीका अनुसार असोजबाट अडिसन सुरु हुनेछ । डिजिटल अडिसन लिइने छ । निर्णायक सिजन–१ कै सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा हुने छन् ।

उनका अनुसार “यो पटक मूल्यांकन फम्र्याट केही परिवर्तन हुनेछ । सेट परिमार्जित र भब्य हुनेछ,गत वर्षको भन्दा सेटमा मात्रै १५ देखि २० लाख बढी खर्च हुनेछ ।”

नेपालको पहिलो स्ट्यान्ड अप कमेडीको रियालिटी शो कमेडी च्याम्पियन सिजन–१ मा हिमेश पन्त विजयी भएका थिए भने क्रमशः सुमन कोइराला र खड्गबहादुर पुन दोस्रो र तेस्रो भएका थिए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु