adv

झापामा एकैदिन डुबेर तीनजनाको मृत्यु, दुई बेपत्ता

झापा ,८ साउन । झापामा एकैदिन डुबेर एक बालकसहित तीनजनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।

हिजो राति ८ बजेको समयमा भद्रपुर नगरपालिका २ बस्ने अनिल तामाङका १० बर्षिय छोरा अंकुश तामाङ सोही ठाउँको नयाँ सिमसार क्षेत्रमा डुबिरहेको अबस्थामा फेला परेका थिए । दिउँसो २ बजेतिर घरबाट खेल्न निस्केकोमा हालसम्म घर नफर्किएकाले खोजी गर्नेक्रममा सिमसार क्षेत्रमा डुबिरहेको अबस्थामा फेला पारिएको थियो ।

उनीसंगै खेल्न गएका सोही ठाउँका कमला थामीका छोराहरु १४ वर्षका करण थामी र उनका भाइ १२ वर्षका अर्जुन थामी बेपत्ता भएका छन् । राति २ बजेसम्म खोजी गर्दा उनीहरु नभेटिएको सीमा प्रहरी चौकी पृथ्वीनगरले जनाएको छ । आज बिहानदेखि पुनः खोजी शुरु गरिएको जनाइएको छ ।

त्यस्तै हिजो साँझ.५.३० बजे दमक नगरपालिका २ स्थित रतुवा खोलाको किनारमा इलाम चुलाचुली गाउँपालिका ५ बस्ने ४५ वर्षिय राम केरुङ मृत फेला परेका छन् । खोलाले बगाएर ल्याएको घोप्टो परेको अवस्थामा उनको लाश फेला परेको थियो ।

बुधवार बिहान दमक बजारबाट घर फर्कने क्रममा रतुवा खोला तर्दा उनलाई बगाएको थियो ।त्यस्तै बुधवार साँझ ७ बजे झापा गाउँपालिका ६ झाक्री चक्रमारी बस्ने ६५ वर्षिया हरिमाया सार्की घरपूर्व रहेको बाँसघारीमा मृत फेला परेकी छन् ।

निगुरो टिपेर फर्कने क्रममा विगतदेखि लागेको छारे रोगले च्यापेपछि खेतको आलीबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जनाएका छन् ।

यस वर्ष वर्षायाम सुरु भएयता पानीमा डुबेर जिल्लामा मृत्यु हुनेको संख्या १२ पुगेको छ भने दुईजना बेपत्ता रहेका छन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु