adv
Advertise Expired !

सुनको भाउ तोलामा ५ सयले बढेर राख्यो नयाँ रेकर्ड

काठमाण्डौ,८ साउन । नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाएको छ ।

सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको ९४ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेको हो ।

यस्तै चाँदीको भाउ आज तोलामा १० रुपैयाँ बढेर तोलाको १ हजार १ सय ४५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

कोरोना सङ्क्रमणका कारण विश्व अर्थतन्त्र खराब अवस्थामा गइरहेकाले लगानी सुरक्षित गर्नका लागि सुनचाँदीमा आकर्षित हुँदा भाउ महँगो भएको महासङ्घ अन्तर्गतको सुनचाँदीको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभएको छ ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु