काठमाण्डौ ,१० साउन । नेयमारको १ गोल संगै पेरिस सेन्ट जर्मेन ( पिएसजी) फ्रेन्च कप फुटबलको बिजेता बनेको छ ।
शुक्रबार १० खेलाडीमा सीमित सेन्ट एटियानलाई १ शून्यले हराउँदै पिएसजीले फ्रेन्च कप फुटबलको बिजेता बनेको हो ।
उसको जितमा खेलको १४ औं मिनेटमा नेयमारले गरेको गोल नै निर्णायक बन्यो । ३१ औं मिनेटमा रातो कार्ड खाएर पेरिन मैदानबाट बाहिरिएपछि पिएसजी १० खेलाडीमा सीमित भएको थियो।
योसंगै पिएसजीले १३ औं पटक कपको उपाधि जितेको हो ।
गएको अप्रिलमा कोरोना भाइरसको महामारीका कारण लिग टुंगिएपछि फ्रान्समा भएको यो पहिलो खेल हो ।