उदयपुर । उदयपुरमा एक जना व्यक्तिले आफ्नै निधारमा बन्दुक चलाई आत्महत्या गरेका छन् ।
लिम्चुङबुङ गाउँपालिका -५ जाँतेका विध्याराज राईले भरुवा बन्दुक आफ्नै निधारमा प्रहार गरी आत्महत्या गरेका हुन् ।
मदिरा सेवन गरेर घर पुगेका उनले शुक्रबार राती ८:३० बजे घरमा पहिला नै भरेर राखेको बन्दुक चलाउँदा घटना घटेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गोबिन्द पुरीले जानकारी दिए ।
आफ्नै निधारमा गोली प्रहार किन गरे र घटना कसरी घट्यो भन्ने अनुसन्धान भइरहेको डिएसपी पुरीले बताए ।
एक वर्ष अघि मात्रै राईकी श्रीमतीले पनि विष सेवन गरी ज्यान गुमाएका थिइन् ।