adv

बञ्चराे प्रहार गरी श्रीमान्‌को हत्या

नेपालगञ्ज,११ साउन । बाँकेमा एक महिलाले बञ्चराे प्रहार गरी श्रीमान्‌को हत्या गरेकी छन् ।

खजुरा गाउँपालिका वडा नम्बर ६ नयाँ गिजरामा ६५ वर्षीया मिछिया थारुले ७५ वर्षीय श्रीमान्‌ लक्षीराम थारुकाे हत्या गरेको प्रहरीले जनाएकाे छ।

प्रहरीका अनुसार सामान्य घरासयी विवादमा मिछियाले श्रीमान्‌लाई बन्चरोले टाउको, खुट्टा र हातमा प्रहार गरेकी थिइन्।

बाँके प्रहरी प्रवक्ता डीएसपी सुवास खड्काले घटनाबारेमा थाहा पाएर प्रहरी घटनास्थलमा पुग्दा लक्षीरामको मृत्यु भइसकेको जानकारी दिए।

प्रहरीले मिछियालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु