adv

मेरुदण्डको हडी भाँचिएकि श्रेष्ठलाई पुनः एक लाख ६५ हजारबढी रकम सहयोग

झापा ,११ साउन । सरस्वती श्रेष्ठलाई आईतबार दोस्रोपटक सहयोग रकम हस्तान्तरण गरिएको छ । गोठला जाँदा भीरबाट लडेर मेरुदण्डको हडी भाँचिएर घाइते भएकी सरस्वतीलाई सरस्वती श्रेष्ठ बचाउ अभियान सहयोग समिती उर्लाबारीले रु एक लाख ६५ हजार चौतिस रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो ।

दमककी सामाजिक अभियान्ता सम्झना तामाङ र सञ्चारकर्मी महिमा लिम्वूको पहलमा विभिन्न देशमा रहेका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुबाट प्राप्त सो रकम आईतबार उनि बस्दै आएको उर्लाबारी ५ मा पुगेर समितीले हस्तान्तरण गरेको हो ।

यसअघि पनि असार २८ गते सामाजिक अभियान्ता सम्झना र महिमाको पहलमा जम्मा भएको रु ५२ हजार रुपैयाँ र सर्जिकल सामान सहयोग गरिएको थियो । पाँथरको तुम्वेवा गाउँपालिका ५ हाङगुम घर भई उपचारको क्रममा उर्लावारीमा दिदी भेनाको घरमा बस्दै आएकी १६ वर्षीया श्रेष्ठलाई स्वदेश तथा विदेशबाट सहयोग आउने क्रम जारी रहेको छ ।

४ वर्ष अघि हाङगुमको भीरमा गोठाला जाँदा भीरबाट लडेर मेरुदण्डको हडी भाँचिएर बिरामी भएकी सरस्वतीको घरायसी अवस्था अत्यन्तै नाजुक रहेको छ । बिरामीको स्याहार सुसार गरीरहेकी दिदी जमुना श्रेष्ठले बिराटनगरको नोवेल हस्पिटल सम्म पुराएर उपचार गर्दा २० लाख रुपैँया सकिएको सुनाइन् । सरस्वतीको उपचार सफल हुन २५÷३० लाख रुपैयाँ लाग्ने डाक्टरले बताएको उनले बताइन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु