adv

कालापानी, लिम्पियाधुरा क्षेत्रमा नेपालीलाई प्रवेश निषेध गर्न भारतको पत्रचार

काठमाडौं, १३ साउन । भारतले कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्रहरुमा नेपालीहरुलाई प्रवेश निशेष गर्न पत्रचार गरेको छ । भारतले पत्रचार गर्दै उत्त क्षेत्रहरुमा नेपालीहरुको अवैध प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको हो ।

गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न भनेको हो ।

पत्रमा लेखेका छन् “बिभिन्न नेपाली गुट÷समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, जसबाट मिडियाको ध्यान आकृष्ट गर्न सकियोस् र दुवै देशको प्रशासनलाई हैरान बनाउन सकियोस् । अतः यस प्रकारका कुनै सूचना तपाईंहरुलाई प्राप्त भयो भने त्यसको जानकारी तत्काल दिने कष्ट गरिदिनु होला ।” ‘

नेपालले हालै कालापानी, लिम्पियाधुरा, गुन्जी, लिपुलेक लगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरेसँगै नेपालको निसाना छापमा समेत नयाँ नक्सा परिवर्तन गरिसकेको छ भने ती भूभागलाई भारतले आफ्नो भनेर कब्जा गर्दै आएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु