काठमाण्डौ , १२ साउन । भारतमा एकैदिन झण्डै ५० हजारको हारहारीमा कोरोना भाइरस सङ्क्रमणकाे पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा ४९ हजार ९३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
योसहित भारतमा कुल सङ्क्रमितको सङ्ख्या १४ लाख भन्दामाथि पुगेको छ।
एकैदिन ७०८ जनाको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान जानेको सङ्ख्या ३२ हजार ७ सय ७१ पुगेको छ ।