adv

एनसेलले दियो ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७७’को पुरस्कार र रकम

काठमाण्डौ – एनसेल प्राइभेट लिमिटेडले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसलाई ‘एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७७’ अन्तर्गतको नगद पुरस्कार रकम हस्तान्तरण गरेको छ ।

आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एनसेलले पुल्चोक क्याम्पसका पाँच सङ्कायका उत्कृष्ट विद्यार्थीलाई प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गरेको हो ।

एनसेलका प्रतिनिधिले क्याम्पसको छात्रवृत्ति अन्तर्गतको २४ लाख रुपैयाँ पुल्चोक क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. लक्ष्मण पौडेललाई हस्तान्तरण गरेका हुन् ।

पुल्चोक क्याम्पसले छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पाउन उत्कृष्ट ठहरिएका विद्यार्थीहरुलाई एनसेलसँग रहेको सम्झौता बमोजिम क्याम्पसका १८ जना विद्यार्थीलाई छात्रवृत्ति र ६ जनालाई उत्कृष्टता सम्मानको जनही १ लाख नगद रुपैयाँ  हस्तान्तरण गर्ने गर्दछ । प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्नु यस कार्यक्रमको उदेश्य रहेको छ ।

एनसेलले विगत सात वर्षदेखि छात्रवृत्ति प्रदान गर्दै आएको छ । गएकाे वर्ष एनसेलले २०८० सालसम्म विभिन्न पाँच संकायमा अध्ययन गर्ने ९० जना विद्यार्थीलाई छात्रवृत्ति र ३० जना उत्कृष्ट विद्यार्थीहरु उत्कृष्टता सम्मान स्वरुप १ करोड ३० लाख रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार प्रदान गर्न पुल्चोक क्याम्पससँग सम्झौतामा हस्ताक्षर गरेको थियो ।

यसअघि एनसेलले २०७१ देखि २०७५ सम्म ६० जना विद्यार्थीलाई छात्रवृत्ति र २० जना विद्यार्थीलाई उत्कृष्टता सम्मान गरी  ८० लाख  रुपैयाँको छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु