adv

सुनको भाउ ३ सयले बढेर ९८ हजार ५ सय पुग्यो

काठमाडौँ,१४ साउन  । नेपाली बजारमा सुनको मूल्य दिनप्रतिदिन बढ्ने क्रममा छ। बुधबार पनि सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाला सुनको मूल्य तोलाको ९८ हजार दुई सय रुपैयाँ थियो।

तेजाबी सुनको मूल्य तोलामा तीन सय पाँच रुपैयाँ बढेर ९८ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार तेजाबी सुनको मूल्य तोलाको ९७ हजार सात सय ६० रुपैयाँ थियो।

यस्तै तेजाबी सुनको मूख्य तोलामा २० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु