adv

‘तिम्रो मायाले मलाई ‘गीतको म्युजिक भिडियो प्रिमियर

काकरभिट्टा,१४ साउन । गायक अर्जुन दाहालको  ‘तिम्रो मायाले मलाई ‘गीतको म्युजिक भिडियो प्रिमियर गरिएको  छ । बुधबार मेचीनगरका रंगकर्मी ,बुद्दिजिबी  तथा संचारकर्मीहरुको माझमा उक्त म्युजिक भिडियोको प्रिमियर गरिएको हो  ।

गीतमा शब्द ,संगीत र स्वर अर्जुन दाहालको रहेको छ । ओएसिस स्टुडियोले तयार पारेको म्युजिक भिडियो को निर्देशन एन्जल खड्काले गरेका हुन् । अनिश बस्नेतले खिचेको उक्त भिडियोलाई रामचन्द्र पौडेलले सम्पादन गरेका हुन् ।

मेचीनगरका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा प्रमिका श्रेष्ठ र स्वयम् अर्जुन दाहालको अभिनय रहेको छ ।

एन्जल खड्का र अनिश बस्नेत काकरभिट्टाको परिवर्तन थिएटरका कलाकारहरु हुन् । दुबैजनाको पहिलो प्रयासलाई प्रिमियरमा उपस्थितको हौसला र सुझावले आफुहरु  खुसि भएको बताए ।

परिवर्तन थिएटरको हलमा गरिएको म्युजिक भिडियो प्रिमियरमा बोल्दै गायक दाहालले भिडियोमा आफै अभिनय गरेको पहिलो अनुभब साट्दै भने ‘मोडलको रुपमा यो मेरो पहिलो प्रयास हो । यहाँहरुले प्रतिक्रिया दिनुभयो भने आगामी दिनमा मलाई अझै राम्रो गर्ने हौसला मिल्ने छ ।’

 प्रिमियरमा सहभागी  रंगकर्मी,बुद्दिजिबी र संचारकर्मीहरुले भिडियो निकै राम्रो बनेको प्रतिक्रिया दिएका थिए ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु