adv
Advertise Expired !

भारतमा कोरोना संक्रमितको संख्या १६ लाख नाघ्यो,१० लाख भन्दा बढी निको भए

काठमाडौं,१५ साउन ।  भारतमा  १० लाखभन्दा धेरै सङ्क्रमणपछि निको भएका छन् ।
 
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १० लाख २० हजारभन्दा धेरै कोरोना सङ्क्रमणपछि निको भएका हुन् ।
गएको अप्रिलमा सङ्क्रमणपछि निको हुने दर मात्र सात दशमलव ८५ प्रतिशत रहेकोमा बिहीबारसम्म बढेर ६४ दशमलव चार प्रतिशत पुगेको बीबीसीले जनाएको छ ।
 
भारत सरकारका स्वास्थ्य सचिव राजेश भूषणले बिहीबार यो जानकारी दिँदै डाक्टर, नर्स र अग्रपङ्क्तिमा खटिएका कर्मचारीको अथक प्रयासबाट यो सम्भव भएको बताएका छन् ।
 
यसैबीच भारतमा बिहीबार ५० हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ, एकैदिनमा सङ्क्रमण पुष्टि हुनेको यो सङ्ख्या अहिलेसम्मकै धेरै हो ।
योसँगै भारतमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १६ लाख नाघेको छ । ३५ हजारभन्दा धेरैको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ
adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु