झापा, २२ साउन । झापामा दश वर्षीया बालिकासहित आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा संक्रमणको पुष्टि भएको हो ।
संक्रमितहरू मेचीनगर नगरपालिकाका २५ वर्षभन्दा माथिका सात जना पुरुष र दश वर्षकी एक बालिका रहेको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।
उनीहरू सबै भारतबाट आएका हुन् । उनीहरुलाई थप उपचारका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।
योसँगै झापामा कोरोना संक्रमितको कुल संख्या ३९१ पुगेको छ भने डिस्चार्ज हनेको संख्या ३४० पुगेको छ । आज मात्र झापाका तीन जना निको भएर घर फर्किएका छन् ।

