adv
adv

कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या ७ लाख १६ हजार बढी

काठमाडौ,२३ साउन । कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेका संख्या ७ लाख १६ हजार ५ सय ४८ पुगेको छ।

वर्ल्डोमिटरको तथ्याङ्कअनुसार हालसम्म १ करोड ९२ लाग ३८ हजार २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमध्ये १ करोड २३ लाख ४६ हजार ८९ जना पूर्ण रूपमा निको भएका छन्।

अमेरिकामा सर्वाधिक १ लाख ६२ हजार ८०४ जनाको कोरोना कै कारण मृत्यु भएको छ। त्यहा कूल ५० लाख ३२ हजार १७९ जनामा संक्रमण देखिएको भने २५ लाख ७६ हजार ६६८ जना निको भएर घर फर्किएका छन।

त्यस्तै, ब्राजिलमा हालसम्म २९ लाख १७ हजार ५६२ संक्रमितमध्ये ९८ हजार ६४४ जनाको मृत्यु भएको छ भने २० लाख ४७ हजार ६६० जना निको भएर घर फर्र्र्किएका छन्।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु