adv

भारतमा विमान दुर्घटना हुँदा पाइलटसहित १७ जनाको मृत्यु

काठमाण्डौ २४,साउन । भारतको केरलामा विमान दुर्घटना हुँदा पाइलटसहित १७ जनाको ज्यान गएको छ ।

दुबईबाट आएको विमान केरलाको कोझिकोड विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिर गएपछि दुर्घटना भएको हो ।

भारतीय संचारमाध्यमका अनुसार विमानमा कोरोना सङ्क्रमणका कारण जागिर गुमाएका, भिसा अवधि सकिएका, घुम्न गएर दुबईमै अड्किएकालगायत गरी १० बालबालिकासहित १९० जना रहेका थिए ।

विमानमा रहेकामध्ये १ सय ६० जना घाइते भएका छन् । उनीहरुलाई विभिन्न अस्पताल लगिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु