
काठमाडौ । भक्तपुरको सूर्यविनायक नगरपालिका ८ जगाती चोकमा सवारी दुर्घटना हुँदा मोटरसाइकल चालकको उपचारको क्रममा मृत्यु भएको छ । सामान बोक्ने बा १९ च ३३८४ नम्बरको पिकअप गाडीसँग ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर नगरपालिका १० कमलविनायक बस्ने २९ वर्षीय सुमन श्रेष्ठ रहेका छन् ।
श्रेष्ठलाई उपचारका लागि भक्तपुर अस्पताल पठाइएकोमा उपचारकै क्रममा राति पौने १० बजेतिर चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी दीपक गिरीले जानकारी दिए ।

