adv
Advertise Expired !

समुदायमा कोरोना पुष्टिपछी कमल गाउँपालिका ९ गतेसम्म लकडाउन गर्ने

झापा,३ भदौ। झापाको कमल गाउँपालिकाको वडा नम्वर ३ स्थित केर्खा बजारमा पहिलो पटक समुदायमा कोभिड १९ पोजेटिभ देखिए पछि गाउँपालिकाले बजार बन्द गरी आवत जावतमा रोक लगाएको छ ।

वडा नम्वर ३ का ८३ वर्षीय पुरुषमा कोभिड १९ पोजेटिभ पुष्टि भएकोले कन्ट्रयाक्ट ट्रेसिङ गर्न आज राती १२ बजेदेखि ९ गतेसम्म केर्खा लकडाउन गर्ने गाउँपालिकाले जनाएको छ ।

कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठका अनुसार संक्रमित पुरुषका सम्पर्कमा आएका व्याक्तिको पिसिआर परिक्षणका लागि स्बाव संकलन गर्नुपर्ने भएकोले वडा नम्वर ३ को फाल्गुनन्द टोल र शान्ति टोल क्षेत्रको (पश्चिममा ढ्याग्रे खोला, पूर्वमा केर्खा खोला, उत्तरमा पुर्वपश्चिम लोकमार्ग र दक्षिणमा निहारिका बोडिङ्ग स्कुल अगाडीको तेर्सो बाटो) पूर्ण रुपमा सिल गरिएको हो ।

लकडाउन अवधिभर औषधी पसल वाहेक अन्य कुनै पनि पसल खोल्न पाईने छैन । दुध डेरी भने विहान ६ बजे देखि ८ बजे सम्म र बेलुका ४ः३० बजे देखि ६ः३० बजे सम्ममात्र खोल्न पाईने गाउँपालिको जनाएको छ।

adv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु