adv

कोरोनाबाट नेपालमा ६ वर्षीया बालिका सहित ९ जनाको मृत्यु,मृतक संख्या १४६ पुग्यो

झापा ,६ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप नौ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४६ पुगेका छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार इलामका १, झापाका १७, भोजपुरका ३, मोरङका ५२, संखुवासभाका १, सुनसरीका ३१, धनुषाका ३, पर्साका ५९, बाराका १०, महोत्तरीका १, रौतहटका २, सप्तरीका १, सिराहाका ३५, काठमाडौँका १६०, काभ्रेका ३, चितवनका २७, दोलखाका ४, धादिङका २ र नुवाकोटका २ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै भक्तपुरका ५०, मकवानपुरका ३२, ललितपुरका ६, सिन्धुलीका १, कास्कीका १६, तनहुँका २, नवलपरासी पूर्वका ३, बागलुङका १, स्याङ्जाका १, कपिलवस्तुका १५, नवलपरासी पश्चिमका ३, पाल्पाका २, प्यूठानका १, बर्दियाका ७, बाँकेका २८, रुपन्देहीका २३, रोल्पाका १, जुम्लाका २, सुर्खेतका २, कैलालीका १४, डडेल्धुराका १ र डोटीका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषसहित दुई जना, पर्सामा ६१, ५८ र ४८ वर्षीय पुरुष गरी तीन जना, बारामा ५८ वर्षीय पुरुष, सिरहामा ६८ वर्षीय पुरुष, मकवानपुरमा ५६ वर्षीय पुरुष र भक्तपुरमा ७३ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु