adv
adv

सिपीएलमा जमैका पराजित,सन्दीपले उत्कृष्ट प्रदर्शन गर्दै लिए २ विकेट

काठमाण्डौ ,७ भदौ । नेपालका सन्दीप लामिछाने आबद्ध जमैका तालवाज क्यारेबियन प्रिमियर लिग सीपीएलमा गुयाना अम्याजन वारियर्ससँग १४ रनले पराजित भएको छ । गुयानाले १९ ओभर एक बलमा अलआउट हुँदै जम्मा एक सय १८ रन बनायो ।

सन्दीपको टिमले एक सय १९ रनको लक्ष्य पनि पूरा गर्न सकेन । उसले २० ओभरमा सात विकेट गुमाएर एक सय चार रन मात्रै बनाउन सक्यो । जमैकाका आन्द्रे रसेलले ५२ रन बनाए पनि अरुले राम्रो रन जोडन सकेनन् ।

गएरातिको खेलमा सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । उनले चार ओभरमा मात्र ८ रन दिएर दुई विकेट हात पारे । जारी सीपीएलमा सन्दीपको यो चौथो विकेट हो ।

तीन खेलमा दुई हार बेहोरेको सन्दीपका टिम पुछारबाट दोस्रो स्थानमा छ । तीन खेलमा दुई खेल जितेको वारियर्स शीर्ष स्थानमा छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु