adv

पत्रकार सहित ११ जनामा काेराेना संक्रमण पुष्टि

पाेखरा, ९ भदाै । पाेखरमा १ जना पत्रकार सहित ११ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । गण्डकी प्रदेशमा मंगलबार विहान थप १७ जना मध्ये पाेखरामा मात्र ११ जना संकेरमित भेटिएकाे हाे ।

प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माका अनुसार सक्रमितमध्ये १ पत्रकार, २ सुरक्षाकर्मी र १ जना दुबईबाट फर्किएका व्यक्तिसहित ११ जनामा कोरोना संक्रमण देखिएको हाे ।

मंगलबार नै तनहुँको भानु नगरपालिकामा ६ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ८ पुगेको छ । १ हजार ६ सय ३९ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म ८ जनाको मृत्यु भएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु