काठमाडौं, ९ भदौं। सुनको भाउ ओरालो क्रममा त्यसले मंगलबार पनि निरन्तरता पाएको छ । मंगलबार सुनको भाउ प्रतितोला सात सय रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९७ हजार २०० रुपियाँमा कारोबार हुने जनाएको छ । तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।
यसअघि सोमबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ९०० रुपियाँ रहेको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ४ सय रुपियाँ निर्धारण भएको थियो ।
चाँदीको भाउ भने सोमबारकै स्थिर रहेको छ । मंगलबार प्रतितोला एक हजार ३२० रुपियाँ कायम भएको छ ।