adv
adv

मेची उद्योग बाणिज्य संघद्वारा ४ जना व्यवसायीलाई राहत वितरण

मेचीनगर ,९ भदौ । मेचीनगरका उद्योगी व्यवसायीहरुको छाता संस्था मेची उद्योग बाणिज्य संघले  चार जना व्यवसायीलाई राहत वितरण गरेको छ ।

धुलाबारी स्थित संघको सभाहलमा मङ्गलबार आयोजित कार्यक्रममा आगलागी पीडित मेचीनगरका ४ जना व्यवसायीलाई राहत वितरण गरेको हो ।

मेचीनगर –१० को  हरि ईम्पेक्सका सञ्चालक सिताराम पोद्दार र माँ पाथिभरा काष्ठ उद्योगका सञ्चालक चन्द्रकुमारी खड्कालाई ५० /५० हजार ,जमुना मेडिकलका सञ्चालक उमानाथ सुवेदीलाई ७० हजार र दिलसान कपडा पसलका सञ्चालक अमरुल मियाँलाई ३० हजार रुपैयाँ रुपैंयाको चेक हस्तान्तरण गरिएको छ  । ४ जना कै गएका बर्षहरुमा पसल आगलागी भएको थियो ।

त्यसैगरी बाणिज्य संघमा १७ वर्षदेखि कार्यालय सहायकको रुपमा कार्यरत कर्मचारी भुमिलाल धिमाललाई स्वेच्छिक अवकास दिइएको छ । उनलाई संघले सञ्चय कोष, उपदान लगायतको गरी ७ लाख ६८ हजार ४ सय ६९ रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।

मेचीनगरका उधमी,व्यवसायीहरुको ब्यबसायमा पर्न सक्ने दैबीक क्षति,दैविक प्रकोपले हुने हानि नोक्सानी र ब्यबसायिक हितका लागि २०६९ सालमा १० लाख रुपैंयाबाट स्थापना भएको कोषमा हाल १५ लाख भएको महासचिब ध्रुब कनालले बताए  । उक्त कोषबाट आएको व्याजको ८० प्रतिशत रकमबाट व्यवसायी सदस्यहरुलाई राहत दिइने छ भने २० प्रतिशत रकम कोषमा जम्मा गरिने संघले जनाएको छ ।

महामारीको समयमा लकडाउनले गर्दा ब्यबसायिहरु झन् मारमा परेको ,बैंकको चर्को ब्याजदर र घरभाडाले गर्दा व्यवसायीलाई टिकाउने उदेश्यले पनि यो राहत कोषको स्थापना गरेको र १ करोड पुर्याउने लक्ष्य रहेको संघका अध्यक्ष ऋषिराज तिम्सिनाले बताए

संघका अध्यक्षको संयोजकत्वमा ७ सदस्यीय व्यवसायिक दैविप्रकोप राहत कोष संकलन निर्देशिका समिति रहेको छ । जसमा मेचीनगरपालिका, वडाअध्यक्ष, प्रहरीसमेत पदेन सदस्य रहने व्यवस्था छ ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य एवम् संघका पूर्व अध्यक्ष केशवराज पाण्डेले संघले महामारीको यो अवस्थामा सरकारले ब्यबसायीहरुको लागि राहत प्याकेजहरु ल्याउन नसकेको ,जसले गर्दा व्यवसायीको लगानी डुब्ने,टाट पल्टने र पलायन हुनुपर्ने अवस्था आउन सक्ने भन्दै दुख ब्यक्त गरेका थिए ।

संघका संस्थापक अध्यक्ष पन्नालाल जैन लगायतले लकडाउनका कारण समस्यामा परेका निजी क्षेत्रका उद्योगी व्यवसायीको हितमा सरकारले चासो नदिएको बेलामा बाणिज्य संघको यो कामप्रति धन्यबाद दिएका थिए ।

कार्यक्रमको सभापतित्व संघका अध्यक्ष ऋषिराज तिम्सिनाले गरेका थिए । वरिष्ठ उपाध्यक्ष मोहन निरौलाले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन महासचिव ध्रुव कनालले गरेका थिए ।

केहि महिना अघि नै  संघले नगरपालिकाको कोरोना राहत कोषमा २ लाख १० हजार रुपैंया पनि सहयोग गरिसकेको छ । त्यस्तै लकडाउनको समयमा घरदैलो अभियान मार्फत दैनिक उपभोग्य वस्तुसहित अत्यावश्यक खाद्य वस्तु र सागसब्जी हरियो तरकारी नगरका १५ वटै वडामा सर्वसुलभ मुल्यमा वितरण गरेको थियो ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु