adv

विश्वभर १ करोड ६६ लाख भन्दा बढी कोरोना संक्रमणबाट निको भए

काठमाण्डाै ,१० भदौ । विश्वभर एक करोड ६६ लाख भन्दा बढी मानिस कोरोना भाइरसको सङक्रमणबाट निको भएका छन् ।

वल्डाेमिटरका अनुसार यो समाचार तयार पार्दासम्म २ करोड ४० लाख ४१ हजारमा सङक्रमण देखिएकोमा एक करोड ६६ लाख  ८ हजार ६६ हजार जना निको भएका छन् ।

सबैभन्दा धेरै ५९ लाख २४ हजार जनामा सङक्रमण भएको अमेरिकामा ३२ लाख ५१ हजार जना निको भएका छन् । अमेरिकामा एक लाख ८२ हजार भन्दा धेरेको ज्यान गएको छ ।

विश्वभर कोरोनाका कारण आठ लाख २२ हजार चार सय जनाको ज्यान गएको छ । छिमेकी देश भारतमा अहिलेसम्म ३२ लाख ३१ हजारमा कोरोना सङक्रमण पुष्टि भएकोमा ५९ हजार ६ सय जनाको ज्यान गइसकेको छ ।

पछिल्लो २४ घण्टामै भारतमा ६६ हजार सङक्रमित थपिएका छन् भने एक हजार ६६ जनाको ज्यान गएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु