adv
adv

सरकारले भदौ १६ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्ने

काठमाडौँ, १० भदौ । सरकारले भदौ १६ गतेदेखि आन्तरिक उडान सञ्चालन गर्ने भएको छ ।

नजिकिएको चाडबाडलाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान सञ्चालनको तयारी गरेको हो । तथापि, पहिलो चरणको आन्तरिक उडान राजधानी काठमाडौँबाट हिमाली तथा पहाडी भेगमा मात्र हुनेछ ।

बन्दाबन्दीको पाँच महिनापछि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको सरकारले आन्तरिक उडान पनि सोही मितिदेखि शुरु गर्ने भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले दशैं, तिहारजस्ता चाडपर्वलाई मध्यनजर गर्दै छिट्टै आन्तरिक उडान पनि शुरु गरिने बताए ।सरकारी समाचार एजेन्सी रासससँगको कुराकानीमा पर्यटनमन्त्री भट्टराईले केही पहाडी तथा हिमाली जिल्लाबाट आन्तरिक उडान सञ्चालन गरिने बताएका हुन् ।

कोभिड–१९ महामारीको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै तत्कालै तराईका जिल्लामा भने आन्तरिक उडान नहुने पनि मन्त्री भट्टराईले स्पष्ट पारेका छन् ।

यसअघि भदौँ १ गतेदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान शुरु गर्ने निर्णय गरेको सरकारले कोभिड–१९ को सङ्क्रमण राजधानीसहित विभिन्न जिल्लामा बढेपछि पुनः उडान स्थगन गरेको थियो ।

“अहिले देशभर कोरोना सङ्क्रमण बढीरहेको छ, आन्तरिक हवाई उडानबाट आउने जाने प्रायः काठमाडौँबाट तराई र तराईबाट काठमाडौैँ जाने नै बढि हुने भएकाले सम्भावित जोखिमलाई ध्यान दिदैँ अहिलेलाई मन्त्रालयले केही पहाडी र हिमाली जिल्लामा पूर्वदेखि पश्चिमसम्मका क्षेत्रमा आन्तरिक उडान परीक्षणको रुपमा सञ्चालन गर्ने गृहकार्य गरिरहेको छ । यो भदौ १६ बाटै हुन्छ”, पर्यटनमन्त्री भट्टराईले भने ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु