adv

झापा गाउँपालिकामा गोली चल्यो, एकजना घाइते

झापा,१० भदौ । झापा गाउँपालिकामा बुधबार साँझ गोली चलेको छ।

स्थानीयले गोरु काटेको विषयमा प्रहरीले दिउँसो दुई जनालाई पक्राउ गरेपछि विवाद हुँदा सशस्त्र प्रहरीले गोली चलाउँदा एकजना स्थानीयबासीलाई गोली लागेर गम्भीर घाइते भएका छन्।

स्थानीयले गाई काटेको विषयमा विवाद भएपछि झापा गाँउपालिका–३ कामाटोली पुगेको सशस्त्र प्रहरीले गोली चलाएको हो।

उनीहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा लैजान खोजेपछि स्थानीय आक्रमणमा उत्रिएको झापा गाउँपालिकाका प्रमुख जयनारायण साहले बताए।

गोली लागेर स्थानीय रसिक आलम घाइते भएका छन्। उनको पेटमा गोली लागेको छ।

उनलाई विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु