झापा, १२ भदौ । झापामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
झापाको कमल गाउँपालिकाका–३ केर्खा बजारका ८३ वर्षीय बृद्धको मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि उनलाई साताअघि उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेका अनुसार उपचारका क्रममा उनको आज विहान ४ बजे मृत्यु भएको हो । उपचारको क्रममा उनको विपीमा मृत्यु भएको हो ।
कमल गाउँपालिकामा कोरोना संक्रमण फैलिएपछि मिर्गौलाका बिरामीसमेत रहेका ती पुरुष संक्रमित भएका थिए ।

